महोत्तरी, असार १२:

आज महोतरीको रामगोपालपुर नगरपालिकामा एउटा पोखरीको डिलमा एक पुरुषको शव फेला परेको छ ।

मृतक रामगोपालपुर नगरपालिका ५ बस्ने ४० वर्षीय राम किशुन मुखियाको शव शनिबार बिहान पोखरीको डिलमा फेला परेको इलाका प्रहरी कार्यालय रामगोपालपुरले जनाएको छ ।

मुखियाको शव नथुनी चौधरीको पोखरीको डिलमा फेला परेको हो । लास फेला परेको स्थानमा नारिवलको डोरी भेटिएको छ । प्रहरीले घटनास्थलको मुचुल्का गरी मुखियाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर लगिएको छ ।

घटना विषयमा थप अनुसन्धान गरिरहेको र पोस्टमार्टम पश्चात मात्र उनको मृत्यु के को कारणले भएको खुल्ने प्रहरीले जनाएको छ ।

मृत्क मुखियाको १ छोरा र २ छोरी रहेको स्थानियले जनाएका छन ।