मधेशटप डेस्क,

जयनाथ यादव /लहान : सिरहाको भगवानपुर गाउँपालिकाले निति तथा कार्यक्रम सार्वजानिक गरिएको छ ।

सिरहाको भगवानपुर गाउँपालिकाले छैंठो गाउँ सभा आ.व २०७८/०७९को निति तथा कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गरेको छ ।गाउँपालिकाका कर्मचारी सुब्बा जय प्रकाश यादवले स्वागतम मन्तव्य राखदै कार्यक्रम संचालन गरेको थियो ।

गाउँपालिका भित्रका सम्पुर्ण कर्मचारी र गाउँपालिकाका जनप्रतिनिधिहरुको उपस्थितिमा १० गते उक्त कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रमा वक्ताहरु गाउँपालिका लाई विकाशमुखी र सुन्दर बनाउने जनता सँग प्रतिबद्धता समेत गरेको छ ।

गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद यादवले कुनै ठाउँमा विकाश गर्दा,हामिले जनताको कुरा तथा आवाजलाई बुझनुपर्छ ।अधिकांश जनताले भनेको कुरा मन्न गरेर गा.पाले सोही गर्नुपर्छ ।

हामि कन्जुस्याइँ गरी जबरदस्ती काम गर्दैनौं । त्यसैले तपाईहरु कसैको कुरामा नलागेर विकाशका कुरामा ढुक्क भएर काम गर्नु ‘उनले भने ‘।

आज हामी यो सभा बाट निति तथा कार्यक्रमहरुलाई पास गर्रौ र पास गरेको निति तथा कार्यक्रम लाई एकजुट भएर विकाश निर्माण लाई समैयमै सम्पन्न गरेर गा.पा लाई सुन्दर बनाउ ‘उनले भने’ ।

समयलाई सदुपयोग गर्नु ,समस्या आएपछी हामि बसेर छलफल बाट निष्कर्ष निकाल्नु समाधान गर्नु अनुरोध समेत गरेको छ ।

गाउँपालिका प्रमुख प्रशासकीय दिलिप कुमार यादवले गाउँपालिकाको हरेक क्षेत्रमा के- कस्ता समस्याहरु छन ,ती समास्या लाई पहिचान गरी समाधानको उपाय खोजनु पर्छ ।

हरेक बर्ष विभिन्न निति तथा योजनाहरु बनाउनु पर्छ र संचालन गर्नु ।
‘उनले भने’ मलाई आएको एक बर्ष पुरा भयो म तयार छु गाउँपालिका लाई विकासमुखी बनाउन तपाईहरु पनी तयार हुनु गाउँपालिकाका जनप्रतिनिधि लाई अनुरोध समेत गरेको छ ।