मधेश टप डेस्क 

जनकपुरधाम १२ असार: जनकपुरमा भएको विपक्षि गठबन्धनका युवाहरुले प्रधानमन्त्री र रास्ट्रपति बिरुद्ध गरेका प्रदर्शनलाइ प्रतिकार गर्न एमालेका युवाहरु उत्रिएपछी तनाब भएको छ|

उता विपक्षिका युवाहरुले जनकपुरको रेल्वे स्टेसन वाट भारि संख्यामा प्रदर्शन गर्दै रयाली निकालेका थिए|

उनीहरु जनकपुरकै शिव चौकमा कोणसभा गर्ने भने थाहा पाएपछि एमाले संघका कार्याकर्ता हरुले भानु चोकमा लखेटने प्रयास गरेका थिए तर त्यतातीर अतियाधिक संख्यामा सुरक्क्षा-कर्मीले युवा संघका कार्याकर्ता माथि बल प्रयोग गरेर पनि रोकेका छन्|

प्रहरीले रोकेपछि युवा संघका कार्यकर्ता अर्को बाटो भएर जनक चोक पुगे ।

त्यहाँ पनि सुरक्षाकर्मीले उनीहरुलाई घेरा हाले र समयझैँ त्यति बेलासम्म विपक्षी गठबन्धनका युवाहरु शिव चोक पुगिसकेका थिए । नेपाली काँग्रेस, जसपा, नेकपा माओवादी केन्द,एमालेको माधव पक्ष तथा विपक्षी पाँच दलका २०/२५ जना युवाहरु मात्र प्रदर्शनमा सहभागी थिए ।

उनीहरु प्रहरीकै घेरामा रही आफ्नो नाराबाजी राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध गरे। उनीहरुको प्रतिकार गर्न करिब एक सय बढी युवा संघका कार्यकर्ता उत्रेका थिए । युवा संघका कार्यकर्ताले जसपा अध्यक्ष उपेन्द्र यादव मुर्दावाद, सरकार विरुद्ध गतिविधि गर्न पाइदैन, स्थिर सरकार कायम गर, विखण्डनकारी मुर्दावाद, केपी ओली जिन्दावाद जस्ता नारा लगाएका छन् ।