लहान । सिरहाको धनगढिमाई नगरपालिका वडा नं -१४ स्थित विधालयको चार कोठे भवनको ढलान कार्य सम्पन्न भएको छ।

जिल्लाको धनगढिमाई नगरपालिका वडा नं १४ सरे अमबास स्थित मदन भण्डारी माविमा स्थानिय सरकार अर्थात् नगरपालिकाबाट करिब ३० लाख अनुदान सहयोगमा मेयर हरिनारायण चौधरीद्वारा शिल्यानास गरी विद्यालय परिसरमा थालिएको ४ काेठे भवनको ढलान कार्य सम्पन्न गरिएको हो ।

विगतमा मावि विद्यालय भएपनि प्रयाप्त कोठा नहुँदा पठनपाठनमा अवरोध खडा भएको ले मेयर हरिनारायण चौधरीद्वारा उक्त भवनको सहयोग विद्यालयमा भएपछि अब मावि चलाउन सहजता महसुस गरिएको अविभावक संघका अध्यक्ष उदय बहादुर कार्कीले बताएका छन।

ढलान कार्य निरीक्षणको लागि भवन निर्माण स्थलमा मेयर हरिनारायण चौधरी ,उपमेयर फूलकुमारी श्रेष्ठ लगायत वडा अध्यक्ष ठरेन्द्र राई ,सदस्य, समाजसेवी जनक परियार भुवन मगर सहभागी भएको विद्यालय व्यवस्थापन समितिका सदस्य लक्ष्मी रसाइलीले जानकारी दिए।

नगरपालिकाको नमूना विद्यालय बनाउने उद्देश्यले मेयर हरिनारायण चौधरी ,प्रधानाध्यापक महेश्वर प्रसाद मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास बाबु हमालको अथक प्रयासले अत्यन्त पारदर्शी किसिमले बजेटलाई निकाशा गरी विद्यालयमा चार कोठे भवन निर्माण भएपछि अाम अविभावक हर्षित भएका छन् ।