विसुन देव सरदार

लहान असार १३ : सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयले आज दिउँसो आर्थिक वर्ष २०७८/०७९ को पाँचौ गाउँसभा सम्पन्न गरेका छन।

सभाका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रामवल्लव साहले गरेका थिए। विशिष्ट अतिथि पालिका उपाध्यक्ष आशा देवी यादव , पालिका प्रमुख प्रमुख प्रशासकीय अधिकृत शुमित्रा लामाले गरेकी थिइन ।

अतिथिहरुमा लक्ष्मीपुर पतारी गाउँपालिकाका ६ वटै वडाका वडा अध्यक्षहरु वडा मनिक लाल यादव , हनुमान मण्डल , पत्रकार , लगायत निर्वाचित सम्पूर्ण जनप्रतिनिधिका उपस्थिति देखिएको थियोे ।

सँगै ६ वटै वडाका वडा सचिव , कर्मचारी , सुरक्षाकर्मी उपस्थित देखिएका थियोे ।

आजको गाउँसभामा २०७८/७९ को निति बजेट कार्यक्रम तथा अन्य नियमहरु गाउँपालिका अध्यक्ष साहले प्रस्तुत गरेका थिए। लक्ष्मीपुर पतारी गाउँपालिका ” उज्ज्वल भविष्य सुनिश्चित गर्न सबैको साथ” बाट प्रस्तुत भएका छन।

गाउँ कार्यपालिकाले विभिन्न शिर्षकका राजस्व , संध सरकार , प्रदेश सरकार बाट विवरण प्रस्तुत गरेका छन। यो सँगै गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७को यथार्थ आय व्याय ३६ करोड ३ लाख ४७ हजार २ सय ४९ रुपैयाँ देखाएका छन।

त्यसैगरी आर्थिक वर्ष २०७७/७८ को संशोधित अनुमानित रकम ५१ करोड १७ लाख ७४ हजार ८ सय ९० देखाएका छन। आ. व. २०७८/७९ को अनुमानित ४२ करोड ३९ लाख ८२ हजार ९ सय ८८ रुपैयाँको गाउँपालिकाले अनुमान गरेका छन।

त्यसैगरी गापा शिक्षा शाखा प्रमुख रामवालक पासवानले शिक्षामा सबैको सहभागीता हुनुपर्ने र अग्रगामी हुनुपर्ने बोलेका थियोे ।

श्री जनता डोमी चौधरी मा. विद्यालयलाई प्रदेश न. २ को एउटा छुट्टै नमुना विद्यालय बनाउनु पर्नेमा वहाँले जिकिर गरेका छन।

यो सँगै आजको गाउँसभामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दिनेश्वर प्रसाद गुप्ता आफ्ना गहकिला तर्क राखे सँगै पत्रकार महासंघ सिरहाका सभापति मनोज बनैता गापा भित्र पत्रकारिताको शाखा विस्तार हुनुपर्ने जिकिर गर्नु भएका थिए।

आजको गाउँसभामा उल्लेखनीय सहभागीता सँगै शिक्षा , स्वास्थ्य , कृषि , यातायात आजको आवश्यकतामा जोड दिदै गाउँसभा सम्पन्न भएका थिए।