मधेशटप डेस्क,

जनकपुरधाम ;  जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा सात दिन निषेधाज्ञा थप गरेको छ ।

सोमवार वसेको जिल्ला कोभीड व्यवस्थापन समितिको निर्णयले जिल्ला भित्र कोभीडको अवस्थामा क्रमश : सुधार देखिएपनि संक्रमणको चुनौती अझै कायम रहेकोले निषेधाज्ञालाई थप सात दिन निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

निर्णय अनुसार विहान ९ बजे सम्म मात्र खुल्ने पसलहरु अब ११ बजे सम्म खुल्ने निर्णय गरिएको छ भने बैंक तथा वितिय संस्थाहरुको हकमा भिडभाड न हुन दिन र  कर्मचारीको उपस्थिती भई सेवा सुचारु गर्न निर्णय गरिएको छ ।