मधेशटप डेस्क,

सिरहा :  प्रदेश प्रहरी कार्यालय जनकपुरधामको प्रमुखमा डिआईजी उमेश रन्जितकारले जिम्मेवारी सम्हालेका छन् ।

प्रदेश प्रहरी कार्यालय जनपुरधाममा डिआईजी रन्जितकारलाई फूलमालाले स्वागत गरिएको छ ।

गृह मन्त्रालयले असार ७ मा सातै प्रदेशका प्रहरी प्रमुख (डिआईजी)हरुको सुरुवा गरेपछि रन्जितकारले प्रदेश २ को जिम्मेवारी पाएका छन् । यहाँबाट डिआईजी धिरज प्रताप सिंह केन्द्रिय अनुसंधान ब्यूरोमा सुरुवा भएका थिए ।