जनकपुर १४ असर

मधेश टप: भक्तपुर प्रहरीले बालिकामाथि करणी गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ  ।

भक्तपुर नगरपालिका–९ कमलविनायकस्थित आफ्नै कोठामा बसिरहेकी बालिकामाथि करणी गरेको आरोपमा दोलखा बैतेश्वर ४ घर भई हाल भक्तपुर नगरपालिका–९ बस्ने वसन्त दमाई पक्राउ परेका हुन् ।

अघिल्लो सोमबार दिउँसो १२ वर्षीय बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको आरोपमा दमाईलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले बताए ।

बालिकाको घरमा कोही नभएको मौका पारी बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भनी पीडितकी आमाले सोही दिन महानगरीय प्रहरी वृत जगातीमा किटानी जाहेरी दरखास्त दिएकी थिइन् ।

दमाईलाई आइतबार (१३ गते) पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।