मधेशटप् समाचारदाता,

सिरहा : सिरहामा ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

ज्यान जानेमा चालक सिरहा नगरपालिका-१६ का २२ वर्षीय सुरज गोइत रहेको प्रहरीले बताए ।

मंगलबार राति गोईतले  चलाउँदै गरेको स१त ३९७२ नं को ट्र्याक्टर आफैँ अनियन्त्रित भई सिरहा नगरपालिका-१३ स्थित सडकमा दुर्घटना भएको थियो ।

चालक गोइतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले बताए ।

चालकको  शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिरहामा राखिएको जनाएको छ ।