मधेशटप डेस्क,

जनकपुरधाम : पुस्तान्तरण र हस्तान्तरण जेसिजको नियमित संसकार रहेको छ । प्रत्येक वर्ष जेसिजमा नयाँ सदस्य आवेदन खुलाउने चलन छ । त्यसैगरी जनकपुर जेसिजमा पनि यस वर्ष सदस्यता आवेदन खुलाइएको थियो । विगत झैँ यसपटक पनि त्यही प्रक्रिया अन्तर्गत आवेदन खुलाइएको थियो ।

तर यसपटक सिमित संख्यामा मात्र सदस्यता आवेदन स्विकारिएको छ । यसपटक जनकपुरमा जम्मा ३० जना सदस्यलाई मात्र जेसिजको सदस्य बनाइएको छ । र त्यो पनि आवेदनको प्राथमिकताको आधारमा सदस्य बनाइएको छ ।

खुला विश्वविद्यालय भनिने जेसिजलाई जनकपुरमा सेन्डिगेट लगाइ एक्लौटि संस्था बनाउने पक्षमा निर्णय गरिएको छ भनी युवाहरुले चर्को आलोचना गरेका छन् । नेपाल अधिराज्य भरिका जेसिज शाखाहरुमा कतै यो नियम नभएको कि सिमित युवा लाई मात्रै सदस्यता प्रदान गरिने निर्णयमा स्थानीय युवाहरु आक्रोस पोखेका छन् ।

तर सोही नियम एकलौटी धाक र धाञधली तरिकाले जनकपुर जेसिज वर्ष २०२१ को अध्यक्ष र निवर्तमान अध्यक्ष साथै केही अरु पक्षहरुले जवर्जस्ती युवा पिढीहरुको भविष्यसँग खेलवाड गरेको युवाहरुले आरोप लगाएका छन् ।

जेसिस एक प्रख्यात अन्तर्राष्ट्रिय संस्था हो । जसको शाखा १५० देशभन्दा बेसिमा अवस्थित रहेको छ । जेसिजलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयको संज्ञा पनि दिने गरिन्छ । कुशल वक्ता, होनहार अभियन्ता र इमान्दार नेता को उद्योग मानिन्छ जेसिजलाई ।

नेपालमा मात्र १५६ वटा जेसिजको शाखा रहेको छ । जसबाट देशभर प्रत्येक वर्ष ठूलो संख्यामा गुणस्तरीय युवाहरु विभिन्न प्रतिभा लिएर बाहिरिने विगतदेखिको अभ्यास छ ।