मधेश टप डेस्क,

लहान । सिरहाको बिष्णुपुर गाउँपालिकाले सातौं गाउँ सभा सम्पन्न गरेका छन।

कार्यक्रममा बिष्णुपुर गाँउपालिकाले आ.व.२०७८।०७९ का लागी सातौं गाउँसभाबाट ३४ करोड ९९ लाख बराबरको कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन ।

जसमा चालु खर्च तर्फ १८ करोड ६३ लाख र पँुजिगत खर्च तर्फ १६ लाख ६३ हजार प्रस्तुत गरेका छन ।

गाँउपालिकाले आयोजना गरेको कार्यक्रममा वडा नंं.३ क मा रहेको सामुदायिक भवन,वडा नं.३ ख मा रहेको अपन सामुदायिक भवन,वडा नं. ३ को वडा कार्यालय र स्वास्थ्य चौकी भवनको उद्घाटन सम्पन्न भएका छ्न।

कार्यक्रम का प्रमुख अथिती प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत रहेका थिए। मुख्री मन्त्री राउतले सातौं गाउँ सभा सम्बोधन गर्दै संघीय सरकारले प्रदेशको विकास नहोस भन्ने चाहेको आरोप लगाएका छन ।

केन्द्रमा बस्ने हामी ‘महाराजा’ हौं र अरु केही पनि होइन भन्ने सोच संघीय सरकारको रहेको उनको आरोप छ ।

कार्यक्रम मा मुख्यमन्त्री राउतले,हामी संविधान संशोधन चाहेका हौ, हाम्रो दुर्भाग्य छ जो संघियता विरोधीहरुले सरकारलाई साथ दिएर संविधान कार्यान्वय गर्न वाधा पुगाएको आरोप लगाए । उनले देशमा रहेको ७ सय ५३ पालिका र ७ प्रदेश यो संघियता कै देन रहेको बताएका छ्न ।

उनले अहिले पाँच र छौ गाविसहरुले मिलेर बनेको पालिकाहरुमा करोडौंको बजेट र विकास देख्न पाईएको बताएका छन ।

कार्यक्रममा गाँउपालिका अध्यक्ष जागेश्वर यादव,उपाध्यक्ष अरुहुला देवी सिंह,पाँच वटै वडाका वडा अध्यक्ष,वडा सदस्य,कर्मचारी,राजनीतिदल,
संघ संस्थाका प्रतिनिधि,सर्वसाधारण लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएका छन ।