मधेश टप डेस्क 

रौतहट १९ असार : राैतहटमा गाउँ पसेका जंगली हात्तीकाे कारण स्थानीय त्रसित भएका छन् । शनिवार बिहान देखी हात्ती बस्ति छिरेकाे हाे ।

बिहान देवाही गाेनाही नपकाे कर्कचकर्मैयामा देखिएको हात्ती देवाहीहुदै गरुडा नपाकाे शिवनगर हुँदै माधव नारायण नपाकाे मिठुअवा आसपासमा पुगेको छ ।

शिवनगरमा एक स्थानियको घरमा हात्तीले समेत क्षती पुर्याएको छ । हाति नियन्त्रणका लागी डिभिजन बन कार्यालयबाट कर्मचारीहरु खटीएको जनाईएको छ ।

 

हात्तीलाई नियन्त्रण गर्न चितवन र बाराबाट टाेली खटिएको प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादबले जानकारी गराउनु भएको छ।