कतार,२० असार 

मधेश टप: चर्को घाममा श्रमिकलाई काम गराउने कतारका २३२ कम्पनी कारबाहीमा परेको छ ।

कतारको प्रशासनिक विकास श्रम र समाजिक मामिला मन्त्तालयको श्रम निरीक्षण विभागले जुन १ देखि ३० तारेखकसम्मको अवधिमा कम्पनीहरुको निरीक्षण गरेको थियो । सो क्रममा श्रमिकलाई चर्को घाममा काम लगाउने २३२ कम्पनीलाई कारबाही गरिएको जनाएको छ ।

कारबाहीमा परेका कम्पनीहरुलाई अबदेखि निषेधित समयमा काममा नलगाउन चेतावनी दिँदै ३ दिन काम रोक्नपर्ने सजाय दिइएको मन्त्रालयले जनाएको छ ।

नेपाली श्रमिकहरुको प्रमुख गन्तव्यको रुपमा रहेको कतारमा कम्पनीहरुले विभिन्न साइटहरु ठेक्का लिई श्रमिकलाई चर्को घाममै काम लगाउने गर्दछन् ।

उच्च गर्मीकै कारण कतारमा जुन १ देखि सेप्टेम्बर १५ सम्म बिहान १० बजेदेखि साढे ३ बजेसम्म बाहिर घाममा पर्ने खुला क्षेत्रमा काम लगाउन नपाइने नियम छ । चर्को गर्मीमा काम गर्दा श्रमिकहरुको ज्यान समेत जाने गरेको छ ।