मधेशटप डेस्क,

काठमाडौं। डिभोर्सपछि श्रीमतीलाई अंश दिन नपरोस् भनेर ७५ वर्षका एक वृद्धले आफ्नो करोडौं मूल्यको घरमा आ’गो ल’गा’एका छन् । जल्नुअघि त्यो घरको मूल्य ५ लाख ५० हजार पाउण्ड अर्थात नेपाली ९ करोड रुपैयाँ थियो । ती व्यक्तिले घरमा आगो लगाएपछि दमकल विभागलाई फोन पनि गरेनन् ।

यतिसम्म कि घरमा आयो लागेपछि त्यसको क्षतिपूर्ति बिमा कम्पनीले पनि नदेओस् भनेर ती व्यक्तिले बिमा शुल्क नै बुझाएका थिएनन् । बेलायतका यी व्यक्तिको यो पूरै षड्यन्त्रको खुलासा एक्सेटर क्राउन कोर्टमा सुनुवाइको क्रममा भयो । पुलिस र दमकल विभागले अदालतलाई यो आगो आकस्मिक नभइ जानीजानी लगाइएको बताए ।

जाँचकर्ताहरुले ७५ वर्षका जोन म्याक्केरीलाई आगो लगाएकोमा दोषी बताउँदै उनी एक्सेटर नजिकै केनफोर्डमा रहेको आफ्नो घरको हुन लागेको लिलामीबाट असन्तुष्ट रहेको बताए ।

डेलीमेलका अनुसार यो घरमा जोन म्याक्करी र उनकी पत्नी हिलारी २० वर्षसम्म साथमा बसेका थिए । जोनले आगो लगाउनुभन्दा पहिले निकै मद’रा पिएका थिए । त्यसपछि उनले प्रोपेन ग्यासका सिलिण्डरलाई ब्लोटर्चबाट आ’गो लगाए । आगो लगाएपछि उनी आरामले कुर्सीमा बसे र फेरि म’दि’रा पि’उ’नथा’ले ।

छिमेकीहरु जम्मा भएपछि उनले आफ्नो घर ज’लिरहेको आफूले हेरिरहेको बताएका थिए ।

जाँचकर्ताहरुका अनुसार घरमा १७ जूनमा आ’गो लगाइएको थियो जबकि त्यसको ३ दिनपछि यो घर ५ लाख ५० हजार पाउण्डमा बेचिँदै थियो ।

तर, आगो लागेपछि यो घर यति खराब भयो कि यसको मूल्य घटेर ३ लाख २० हजार पाउण्डमा बेचियो । अदालतमा बताइएअनुसार आ’गो लगाउनुभन्दा पहिले जोनले श्रीमतीलाई घरभित्रका सामान निकाल्न पनि दिएका थिएनन् । जोनले आफूमाथि लागेको आरोप स्वीकार गरेका छन् ।