जनकपुरधाम : धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नं ५ मा गाउँसभा लगतै दलित समुदायका गरिबहरुलाई ग्यास सिलिन्डर लगायतका सरसमानहरु वितरण गरेका छन्।
धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नं ५मा गरिब ,दलित तथा अति विपन्न परिवारलाई ग्यास सिलिन्डर वितरण गरिएको वडा अध्यक्ष फुलगेन यादबले जानकारी दिनुभएको छ ।

लक्ष्मीनिया गाउँपालपका अध्यक्ष विन्देश्वर यादबकाे प्रमुख आतिथ्यमा ग्यास सिलिन्डर वितरण कार्यक्रम गरिएको छ ।
लक्ष्मीनिया गाउँपालिका वडा नं ५ मा चमार दुसाध लगायत अन्य समुदायका गरिब बस्तिका विभिन्न जातिलाई ग्यास सिलिन्डर चुल्हो, रेगुलेटर, पाईप लाईटर लगायतका सरसमानहरु वितरण गरेको वडा अध्यक्ष यादवले जानकारी दिनुभएको छ ।

वडाको बजेटले सय घरपरिवारहरुलाइ ग्यास, चुल्हो, रेगुलेटर, पाईप वितरण गरिएकाे छ ।
वडा अध्यक्ष यादवकाे भनाइ अनुसार यहाँका अधिकांश घरपरिवारले अझै पनि दाउराको प्रयोग गरी खाना पकाउने गरेको , त्यसलाइ हटाउन याे कार्य गरेकाे जनाइएकाे छ ।

अहिलेको आधुनिक युगमा पनि गुईठा र दाउराबाट खाना पकाउन बाध्य महिलाहरु विभिन्न रोगको शिकार हुने गरेको र आर्थिक अवस्था कमजोर भएकै कारण ग्यास चुल्होबाट खाना पकाउन नसकेका घरपरिवारलाई लक्षित गरी यो योजना ल्याईएको उनले जानकारी दिनुभएको छ ।

यस योजनाले गोबरबाट बनेको गुईठा र दाउराको प्रयोगबाट खाना पकाउनुपर्ने बाध्यता हट्नुका साथै महिलाहरुको स्वास्थ्य सुधार हुने र गाउँपालिका नै धुँवामुक्त हुने विश्वास गरिएको अध्यक्ष यादवले बताउनुभयो ।
लक्ष्मीनिया गाउँपालिका वडा नं ५ का स्थानीय जनताहरुले ग्यास सिलिन्डर लगायतका सरसमानहरु पाउदा एकदमै खुशी भएको हुन ।

वडा अध्यक्ष फुलगेन यादबकाे कार्यशैलीले जनताहरु खुशी भएको एक स्थानीयले बताए ।
कार्यक्रममा लक्ष्मीनिया गाउँपालपका अध्यक्ष विन्देश्वर यादब, वडा सदस्य , जनप्रतिनिधि , पत्रकार प्रहरी प्रशासन लगायतका उपस्थिति रहेको थियोे ।