मधेशटप डेस्क,

राजविराज : नेकपा एमाले नेत्री तथा संविधानसभा सदस्य रन्जु झा ठाकुरले रामराजाप्रसाद सिंह स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शिलान्यासले सप्तरीवासीमा दिपावली छाएको बताउनु भएको छ।

आज राजविराज नगरपालिका वडा न.१० बिरौल स्थित प्रतिष्ठान शिलान्यास कार्यक्रममा उपस्थित हुँदा नेत्री झाले यस्तो बताउनु भएको हो।

प्रधानमन्त्रीले मधेसको बिकासका निम्ति प्रतिबद्ध रहेको बताउनु हुँदै उहाँले कृषि,स्वास्थ्य,शिक्षा लगायत समग्र प्रदेशको बिकासमा बिशेष चासो राख्नु भएको बताउनुभयो ।

यो प्रतिष्ठान सप्तरी लगायत प्रदेश २ को बिकासम ठुलो भुमिका खेल्ने हुँदा समयमै निर्माण गरि संचालन गर्न हामी सबैले महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो ।

यसको निर्माणले यहाँको जनतालाई रोजगार,मेडिकल शिक्षा प्राप्त गर्न समेत भुमिका खेल्नु हुनेछ ।सप्तरीको बिकासको निमित्त बारम्बार मैले प्रधानमन्त्रीलाई अनुरोध गर्दैन आएको बताउनुभयो ।

प्रतिष्ठानको शिलान्यास गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रन्जित झाद्वारा भुमि पुजन भएर सम्पन्न भएको थियो।