मधेश टप 

जनकपुरधाम,२२ असार : सप्तरीमा टिपरको ठक्करबाट साइकल यात्री महिलाको मृत्युु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका ११ डेङ्ग्री बस्ने नागेन्द्र चौधरीका श्रीमती ४० वर्षीया कौशल्या चौधरीको रहेेकी छन् ।

मंगलबार दिउँसो ३: ४० बजेको समयमा पुर्व पश्चिम राजमार्गमा अन्तर्गत घर नजिकै पश्चिमबाट पुर्व तर्फ जाँदै गरेकोल स १ क २८० नम्बरको टिपरले सोही दिशा तर्फ गईरहेको साईकल यात्रीलाई बाटो काटने क्रममा ठक्कर दिएपछि घटनास्थलमै चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने टिपर र टिपर चालक सप्तरीको रुपनी गाउँपालिका ५ बस्ने वर्ष ४५ का श्रवण यादवलाई ईलाका प्रहरी कार्यालय कन्चनपुरले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए |