काठमाडौँ: एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँगै होटल मेरियटमा कार्यदलका अन्य सदस्यहरु पनि पुगेका छन् । ओली र नेपालको वान टु वानपछि कार्यदल सदस्यहरुसँग दुवै नेताले संयुक्त छलफल गरिरहेका छन् ।

मेरियटमा नेपाल पक्षका कार्यदल संयोजक भीम रावल, सदस्य सुरेन्द्र पाण्डे तथा ओली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङ छलफलमा सहभागी छन् ।

कार्यदलका सदस्यहरुले ओली र नेता नेपाललाई तीन दिन कार्यदलमा भएको छलफल, सहमतिको मस्यौदा लगायतका विषयमा ब्रिफिङ गरिरहेको बुझिएको छ ।

कार्यदलमा संसद विघटन र हस्ताक्षरबारे मौन बस्ने कि शब्द राख्ने भन्नेमा सहमति जुट्न सकेको थिएन ।