मधेशटप डेस्क,

महोत्तरी  : स्थानीय निकाय र स्थानीय सरकारलाइ जनताको सबैभन्दा नजिकको मानिन्छ तर यहाँ जनतालाइ सुन्न कोइ छैन । र अचेल सरकारी जागिर गर्ने कर्मचारीहरु जनताको सेवा गर्न ठाउमा आ-आफ्नै काममा व्यस्तता देखाउदै रहेका छन् ।

यस्तै नै देखियो केहि महोत्तरी जिल्ला स्थित बलवा नगरपालिकाको कार्यालय । दिनको करिब १२ बजेसम्म पनि कर्मचारीहरु नहुदाँ सामाजिक संजालमा एउटा भिडियो समेत आएको छ ।

आज बलवा नगरपालिकामा युवाहरू द्वारा अनुगमन गर्दा कार्यालयमा कर्मचारीको उपस्थिति देखिएन । सूचनाको हक बमोजिम स्थानीय युवाहरू नगरपालिका कार्यालयमा जाँदा धेरै  कर्मचारीहरुको उपस्तिथि देखिएन ।

प्राशाकिया अधिकृत , सुचना अधिकारि, लेखा शाखा लगयातका अन्य शाखाका कर्मचारीहरु पनि उपस्थित थिएन ।

स्थानीयहरुका भनाइ अनुसार यस्तो अनुपस्थिति सधैभरिनै रहन्छ सोहि जानकारी स्थानीय युवाहरुले मधेशटप लाई जानकारी दिए छ ।

सूचना माग्नको लागी दर्ता गराउन जादा पनि कर्मचारीहरुको उपस्थिति देखिएन ।