• पप्पु अधिकारि 

जनकपुरधाम । नेकपा एमाले प्रदेश २ कमिटीले तीन जिल्लामा अध्यक्ष र सचिव मनोनयन गरेको प्रदेश अध्यक्ष ज्वाला कुमारी साहले जानकारी दिनुभएको छ।

प्रदेश अध्यक्ष ज्वाला कुमारी साहले जारी गरेको सूचना अनुसार बाराको अध्यक्षमा बलबीर चाैधरि
र सचिवमा महमद समीरलाई मनोनित गरिएको छ
महमद समीर पूर्व माओवादीका नेता हुन् ।

राैतहटकाे अध्यक्षमा तुलसी राज गिरि  र सचिव मनाेज कुमार यादव भएका छन् ।
यस्तै सर्लाहीको अध्यक्षमा राजनारायण साह
र सचिव केदार खत्रीलाई बनाएको छ ।

साह लामो समयदेखि एमालेमै योगदान गरेका छन् ।
तीन अाेटै सचिव पूर्व माओवादीका नेता रहेको प्रदेश अध्यक्ष ज्वाला कुमारी साहले जानकारी दिनुभएको छ ।
यस अघि पाच अाेटा जिल्लाका अध्यक्ष र सचिवलाई मनोनित गरिसकेको उनले बताए ।