मधेश टप

जनकपुरधाम,२६ असार : धनुषाको बटेश्वर गाउँपालिका २ भुचक्रपुर स्थित श्रीजनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक राजकुमार राउतमाथि ३२ लाख रुपैयाँ अनियमितता गरेको आरोप लागेको छ । राउतले प्रअ बनेपछि एक वर्ष अघि निवर्तमान प्रअ रामचन्द्र सिंहबाट ३२ लाख रुपैयाँको हरहिँसाब सार्वजनिक गर्ने जिम्मा लिएका छन् थिए ।

अभिभावकहरु हरहिसाव पारदर्शीका लागि अगाडी आउँदा एक वर्ष अघि बटेश्वर प्रहीचोकीमा प्रधानाध्यापक राउतले सो हिँसाब एक महिनाभित्र सार्वजनिक गर्ने लिखित प्रतिवद्धता जनाएका थिए । तर एक वर्ष बित्दा समेत हरहिसाब नदिएपछि स्थानीयबासिन्दाहरु अगाडी आएका हुन् ।

गएको असार २३ गते असार २५ गते हरहिसाब स्थानीयहरुको बिच सार्वजनिक गर्ने विद्यालयले निर्णयसहितको प्रतिवद्धता गरेको थियो । तर २४ गते नै माइन्युट घरमा रहेको भन्दै प्रअ राउत फरार भएको स्थानीय अभिभावकहरुको आरोप छ । अभिभावकहरु असार २५ गते शुक्रबार विद्यालयमा जाँदा प्रअ अनुपस्थित थिए । उनले विद्यालयका सहायक कर्मचरी मार्फत सूचना टाँस गरी भेला स्थगित भएको जानकारी गराएका थिए ।

स्थानीय बासिन्दा विन्देश्वर महतोको अनुसार प्रअ राउत प्रतिवद्धता गरे बमोजिम हिसाब पारदर्शी नगरी फरार भएको र फोन स्वीच अफ गरेका छन् । गएको शुक्रबार नै प्रअ राउतलाई घेराबन्दी गरेपछि उनले विद्यालयका माइन्युट घरमा विर्से बताएका थिए । त्यसपछि स्थानीय विन्देश्वर महतो र राजेश महतो माइन्युट लिन संगै उनको घर पुगेका थिए । आफुहरु घरमा बसाएर प्रअ राउत फोनमा कुरा गर्दै त्यहाँबाट समेत फरार भइ फोन स्वीचअफ गरेको स्थानीय राजेश महतोको गुनासो छ ।

प्रअ फरार भएपछि स्थानीय बासिन्दाहरु शुक्रबार बटेश्वर गाउँपालिका शिक्षा शाखामा ज्ञापन पत्र बुझाएका छन् । स्थानीयहरुले ज्ञापन पत्र बुझउँदै प्रअ राउतमाथि छानविन गरी कारबाहीको माग गरेका छन् ।

प्रअ राउतको यी गतिविधिले ३२ लाख रुपैयाँ निवर्तमान प्रअ स्वर्गीय रामचन्द्र सिंहसंग मिलेर गरेको आरोप लगाएको छ । निवर्तमान प्रअ सिंहको गएको जेठ पहिलो साता मृत्यु भएको थियो ।