मधेशटप डेस्क,

जनकपुरधाम । सरकारले कृषिको बजेट बढाए पनि प्रायः पुरानै परिपाटीलाई निरन्तरता दिएको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेटमा कृषि तथा पशुपन्छी तर्फ भेटनेरी अस्पताल तथा पशु सेवा बिग्य केन्द्र धनुषाको मातहतमा रहेको भैसी ब्लक कार्यक्रम सहिदनगर नगरपालिका को लागि छनोट भए पनि सो कार्यक्रम सफल हुन् सकेन ।

नेपाल सरकार को अनुदान रु ७० लाख र कृषक को लगानी ७० लाख प्राबधान रहेको कार्यालय प्रमुख इन्द्रेब शाहले बताए  ।

यस योजनामा चिलिंग भ्याट १०००लि, ५००लि, milk क्यान ४०लि,१०लि, ५लि, डी फ्रिज,च्याप कटर,गोठ शुधार तथा भकारो सुधार, तथा बिभिन्न किसिमका तालिम गोस्ठी मा १७लाख् २५ हजार बजेट राखिएको छ।

भैंसि ब्लक संचालन समिति शाहिदनगर नगरपालिका र भेटेनरी अस्पताल धनुषा बीच २०७७/०१/२२ गते नै समझौतामा हस्ताक्षर भएको थियो ।

आर्थिक हिनाभिना गर्ने उदेश्यले कार्यालय प्रमुख इन्द्रदेव शाह र फोकल पर्सन जिबेन्द्र झाको मिलोमतोमा समितिलाई नसोधी गोप्य तरिकाबाट मेसिनरी समान उपलब्धको लागि केहि सप्लायर्स संग सेटिंग गरि आफुनै आपूर्ति गर्ने कुरा समितिलाई जनाए पनि सो सप्लायर्स संग आज २५ अशाढ सम्म कुनै सम्झौता नगरेको कुरा समितिका पदाधिकारीले जानकारी दिनुभो ।

यता उक्त कार्यक्रम को फोकल पर्सन जिबेन्द्र झा लाई सम्पर्क गरेर जानकारी लिदा सप्लायर्स संग सम्झौता नभएको स्वीकारेका छन्का ।र्यालय प्रमुख इन्द्रदेव साह भन्छ  हुन्छ आज समान आउदैछ सम्झौता भएको छ कार्यालय प्रमुख र फोकल पर्सनको दुइ थरिको कुरा सुन्दा कहिनकही रकम हिना भिनाको गन्ध हुने हो कि आसंका छ।

यता समितिका सदस्य दिनेस प्रसाद यादब भन्नु हुन्छ किसानको लागि आएको रकम कार्यालय प्रमुख इन्द्रदेव साह तथा फोकल पर्सन जिबेन्द्र झा को गलत नियत का कारण रकम फ्रिजको अबस्थामा गएको र अन्तिम समयमा सप्लायर्स संग सेटिंग गरेर रकम को चलखेल गरिरहेको जानकारी दिनुभो २५ गते साम्म सप्लायर्स संग सम्झौता भएको छैन अनि कसरि समान आपूर्ति हुन्छ उनले प्रसं गरे ।

अर्का समिति सदस्य एबम शहिदनगर नगरपालिका निबासी महाशंकर ठाकुर भन्नु हुन्छ यस भैसी ब्लक संचालन समिति संग सम्झौता गरि कार्यालय प्रमुखले आफु मनोमानी गरेको कारण यो अबस्था आएको छ।

अन्तिम समयमा बिल भरपाई बनाएर रकम हिना भिना हुने संकेत मैले थाहा पाएको हुँदा यसमा सम्पूर्ण सञ्चारकर्मीहरू को ध्यानाकर्षण लागि अनुरोध गर्दछु यस कार्याक्रममा जो कोहि ले गलत बिल भरपाई बनाई रकमको चलखेल गरे कडा प्रतिबाद गर्ने चेताबनी ठाकुरले दिनुभयो,हालसम्म समान केहि आएको छैन अब आउने उम्मिद मारिसकेको छु  कार्यालयको बदमासी को कारण हाम्रा किसानहरु अनुदान बाट बन्चित हुनुपरेको र यसको सत्य तथ्य हामि समितिले छिटै सार्बजानिक गर्ने ठाकुरले बताउनु भो करिब ९५% बजेट फ्रिज हुने अबस्था छ ।