बिनोद मण्डल  । प्रहरी हिरासतबाट थुनुवा फरार भएका छन् ।

सिरहा ।  सिरहाको लहान नगरपालिका शहीद चोकमा रहेको इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट एक लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राऊ परेका रामप्रकाश भन्ने नवराजपुर गाउँपालिका वडा नं १ का पशुपति यादव करिब २ बजेको समयमा हिरासत ग्रीलबाट फरार भएको जिल्ला प्रहरी कार्यालय सिरहाको नायब उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास बुढाथोकीले बताएका छन् भने फरार अभियुक्तको खोजी कार्य जारी रहेको बुझिएको छ ।
फरार अभियुुुक्त गत जेठ २० गते पक्राउ परेका थिए ।