मधेशटप् डेस्क,
जनकपुरधाम । मजदुर अभाव हुन नदिन धान खेती गर्ने किसानलाई अधिकतम प्रयोग हुने ट्याक्टर अनुदानमा उपलब्ध गराएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले धनुषाका किसानलाई अनुदानमा ट्याक्टर उपलब्ध गराएको हो । धान जोनका ५ कृषि समुहलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ धनुषाले ५० प्रतिशत अनुदानमा कृषक समुहलाई ट्याक्टर उपलब्ध गराएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले धनुषामा धान सुपर जोनलाई केन्द्रित गर्दै धान उत्पादन गर्ने कृषक समुहलाई १२ लाख ८० हजार पर्ने ट्याक्टरमा ६ लाख ४० हजार अनुदान उपलब्ध गराइएको परियोजना कार्यान्वयन इकाइ धनुषाका प्रमुख युगल किशोर तिवारीले बताए । धान खेती गर्ने किसानले खनजोत, ढुवानी, थ्रेसिङ्क र रोपाइकालागि प्रयोग गर्न सक्छ, तिवारीले भने,‘मजदुर अभावमा धान खेती प्रभावित भएको छ । धान जोनका किसानलाई ट् याक्टरले मजदुरको समस्या केहि हद सम्म समधान गर्नेछ ।’
धनुषामा धान जोन कार्यक्रम ल्याएर चैते धान खेती फस्टाएको छ , उनले भने । प्रधानमन्त्री कृ
षि आधुनिकीकरण परियोजनाले किसानलाई धान रोप्ने देखि काट्ने मेसिन उपलब्ध गराउने तयारी भइरहेको तिवारीले बताए ।
कृषक समुहरुसंग आवेदन माग गरी मुल्याङ्कण समितिको सिफारिसमा कमला नगरपालिकाको लिलावती कृषक समुह, हंसपुरको राजदेवी कृषक समुह, शहिदनगर नगरपालिकाको रामजानकी कृषक समुह, औरही गाउँपालिकाको कृष्णा कृषक समुह र श्रवण कृषक समुहलाई ट्याक्टर उपलब्ध गराइएको तिवारीले बताए ।
अनुदानमा ट्यकटर पाएपछि खुसि व्यक्त गर्दै राजदेवी कृषक समुहका किसान सुनिल यादवले ट्याक्टर जोत्न र ढुवानि गर्न मात्रै नभएर सिचाइ लगायतका काममा प्रभावकारी हुने बताए । कृषक समुहका किसानलाई अनुदानमा प्राप्त ट्याक्टरको साचो हस्तान्तरण गर्दै भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव सम्झना काफ्लेले कृषि कर्मकालागि किसानलाई ट्याक्टर वरदान सावित हुने बताइन् । कम समयमा धेरै क्षेत्रफलमा खेती गर्न र खेतमा उत्पादन गरी कृषि बस्तु बजार सम्म पु¥याउन कृषि यन्त्र आवश्यक रहेको उनले बताइन् । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले कृषि कार्यकालागि अनुदानमा वितरण गरिएको ट्याक्टर दुरुपयोग भइरहेको बताउदै कृषि कर्ममै ट् याक्टर प्रयोग गर्न आग्रह गरे ।
Discussion about this post