मधेश टप 

सर्लाही,२७ असार : सर्लाहीबाट अबैध हतियारसहित तीन युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा ब्रहमपुरी गाउँपालिका–४ त्रिभुवननगर बस्ने २३ वर्षीय रमेश मण्डल, २० वर्षीय लाली भन्ने नुर आलम मन्सुर र १९ वर्षीय राहुल भन्ने इवरान रायभाट रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

उनीहरुलाई ब्रहमपुरी गाउँपालिका २ बाट २ थान पेस्तोल, त्यसमा प्रयोग हुने १७ थान गोली, ४ थान म्याग्जीन र ३ थान मोवाइल सहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बीआर ३० एक्स ६०११ नम्बरको मोटरसाइकलमा हातहतियारसहित भारतबाट नेपालतर्फ आउँदै गरेको गोप्य सूचनाको आधारमा प्रदेश २ प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी ब्रहमपुरीबाट खटेको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुलाई हातहतियार सहित पक्राउ गरिएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

फाइल फोटो