मधेश टप

सिरहा,२७ असार : आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिरहाको गोलबजारबाट एक पुरुष पक्राउ परेका छन् ।

स्थानीय ४० वर्षीय शर्मा थरका व्यक्तिलाई आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मिर्चैयाबाट आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

उनलाई हिरासतमा लिइ ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।