मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – Aries

आजको दिन भोगबिलास गर्ने साधनहरु प्राप्त हुनेछ, धन तथा पुत्रको लाभ होला, मनमा उत्साह बढ्नेछ, नसोचेको स्थानबाट लाभ हुनेछ, पुत्र तथा पत्नीको साथ सहयोग प्राप्त होला।

वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) – Taurus

अनेक प्रकारका लाभ हुनेछ, धार्मिक कार्यमा मन जानेछ, उच्च पद तथा धन प्राप्त होला, वैदेशिक रोजगारको अवसर आउनेछ, शत्रु पक्ष कमजोर होलान् , हरेक प्रकारका सुख प्राप्त होला।

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) – Gemini

यात्रा गर्दा सावधानी अपनाउनु होला, कुनै मालसामान हराउन सक्छ, लामो तथा छोटोे दुरिको यात्रा गराउला, तर पनि वैदेशिक क्षेत्र भने कमजोर रहला, आजको दिन कसैलाई भरोसा नदिनु होला।

कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – Cancer

आजको दिन कुनै रमणीय तथा नयाँ स्थानको सुखद यात्रा होला, पारिवारिक जीवन तथा प्रेम सम्बन्ध राम्रो हुनेछ। कुनै पनि मनोरञ्जनमा सहभागी भईएला।

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – Leo

धार्मिक यात्राको योग बनेको छ, बौद्धिक कार्यमा सफलता मिल्नेछ, कुनै पनि रचनात्मक कार्यमा मन जानेछ, धन तथा मानमा वृद्धि गराउला।

कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) – Virgo

आजको दिन हर्ष उल्लासका साथ बित्नेछ, न्यायीक क्षेत्र बलवान् देखिन्छ। प्रेमिकाको सहयोगले अधुरा काम पूरा हुनेछन् , धेरै समयपछि आत्मीयजन सँग भेट होला।

तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) – Libra

बिपरित लिङ्गी प्रतिको आकर्षणले तनाव उत्पन्न होला, आफू कमजोर भएको अनुभव होला, आजको दिन सहयोग गर्ने भन्दा आश गर्ने हरु धेरै होलान्, दक्षिण तिरको यात्रा गर्दा सावधानी अपनाउनु होला।

वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – Scorpio

आजको दिन मनमा शान्ति तथा अनुहारमा कान्ति छाउला, धार्मिक तथा सामाजिक कार्यमा मन जाला, तपाईंको शुभ कार्यको चर्चा चारैतिर फैलिने छ। आफन्तजनको सहयोगले कुनै बिशेष काॠ सम्पन्न हुनेछ।

धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) – Sagittarius

आजको दिन तनावपुर्ण रहनेछ। अनावश्यक झुटो आरोप लाग्ने हुँदा सावधानी अपनाउनुहोला, साहस तथा धैर्यताले काम लिनुहोला, तर मध्याह्न तिर भने धन प्राप्ति योग रहेकोेछ।

मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) – Capricorn

शैक्षिक क्षेत्रमा कुनै पनि स्थानमा अतिथिको रूपमा सत्कार पाइएला, वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ, पुत्र तथा पत्नीको सहयोगले आजको दिन सुखमय रहनेछ।

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) – Aquarius

आजको दिन दण्ड तथा जरिवाना हुनसक्छ, आफन्त तथा इष्टमित्रबाटै धोका हुनसक्छ। बोल्दा बिचार गरेरै मात्र बोल्नुहोला, झैझगडा तथा अनावश्यक खर्च हुनसक्छ।

मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) – Pisces
तपाईंको आजको दिन चारैतिरबाट सफलताका मार्गहरु खुल्नेछ्न, तपाईंको बौद्धिक क्षमताको परिक्षण हुनेछन् ,मान तथा सम्मानमा वृद्धि हुनेछ । मन प्रसन्न रहला