काठमाडौं । सरकारले सार्वजनिक गाडीको भाडा दर बढाएको छ । यातायात व्यवस्था विभागले आज बुधवार सार्वजनिक गरेको सूचनाअनुसार २८ प्रतिशतसम्म गाडी भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले असार २७ गते सहमति दिएको थियो ।

विभागले हिजो २९ गतेदेखि नै नयाँ भाडा दर लागू भएको जनाएको छ । नयाँ भाडा दर अनुसार सार्वजनिक बसको भाडा २८ प्रतिशत बढेको छ ।

यस्तै पहाडमा चल्ने मालवाहक गाडीको भाडा २० प्रतिशत र तराईमा चल्ने मालवाहक गाडीको भाडा २६ प्रतिशतले बढेको छ ।

बढेको भाडा दर दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने लामो दुरीका गाडीमा लागू हुनेछ ।