मधेशटप समाचारदाता,

महोत्तरी : महोत्तरीमा क्षेत्रबाट दशक अघिदेखि हुँदै आएको अवैध उत्खनन अझै रोकिएको छैन ।

सरोकारवाला नै प्रभावमा परेपछि अवैध उत्खनन नरोकिएको हो ।
महोत्तरीको भंगहा नगरपालिका-४ बिर्ता सिमा क्षेत्रबाट एक्साभेटर, जेसीबी प्रयोग गरेर अवैध रूपमा उत्खनन भइरहेको छ ।

स्थानीय प्रशासनकै मिलेमतोमा नदीजन्य पदार्थ उत्खनन भइरहेको स्थानीयको आरोप छ । रातको समयमा खोलामै व्यवस्थित तरिकाले २५ फिटभन्दा बढी खाल्डो बनाइ अवैध उत्खनन गरिरहेको स्थानीयको भनाइ छ ।

प्रहरी प्रशासनले नदेख्ने गरी एक्साभेटर नै खाल्डोमा लुकाएर दिनरात नै अवैध तरिकाले उत्खनन गर्न गरिएको छ । खोला ठेक्का अहिले बन्द भएको तर पनि खोला क्षेत्रबाट अवैध नदीजन्य पदार्थ उत्खनन भइरहेको छ ।

ठूलो यन्त्र लगाएर नदीजन्य पदार्थ उत्खनन गर्न प्रतिबन्ध छ । तर, ठूला उपकरण यन्त्र प्रयोग गरेर खोलामा उत्खनन भइरहेको छ ।
स्थानीय सरकारले रोक्ने प्रयास नगरेको स्थानीयको आरोप छ ।

प्रहारीमा स्थानीयको कडा दबाब पछि मंगलबार बेलुकाको ६ बजे तिर भंगहा नगरपालिका-४ स्थित बिर्ता र पशुपतिनगरको बिचमा रहेको खोलाको खाल्डोमा ना.१ क. ५८५२ नम्बरको जेसिबी भंगहा प्रहरीले समातियो । तर जेसिबीका चालक फरार भए ।

खाल्डोमा रंगेहात समातिएको जेसीबीको चालक नहुँदा कारवाही अगाडी नबढाएको भंगहा चौकीका सय भरत शिलवालले बताए ।

यता भंगहा नगरपालिकाका मेयर संजिव साहले यो उत्खननको विषयमा केहिपनि जानकारी नभएको बताउछन ।
ठेकेदारसँग प्रहरी प्रशासन र स्थानीय तहको मिलोमतोमा अबैध उत्खनन् हुने गरेको स्थानीयको आरोप छ ।