मधेशटप डेस्क,

जनकपुरधाम । कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका फरार प्रतिवादी ३४ वर्षपछि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक प्रकाश रानाभाटले दिएका जानकारी अनुसार पक्राउ पर्नेमा धनुषाको सवैला नगरपालिका वडा नम्बर २ वस्ने वर्ष ७० का विकरू यादव रहेका छन् ।

कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालत काठमाण्डौले २७ चैत २०४३ मा यादवलाई जन्म कैद (२० र्वा) फैसला सुनाएको थियो ।

तर हालसम्म फरार रहेका यादवलाई बुधबार दिउँसो औरही गाउँपालिका १ पौडेश्वर स्थित खेतमा काम गरिरहेको बेला पक्राउ गरेको हो ।