मधेशटप डेस्क,

सर्लाही : सर्लाहीबाट स्रोत नखुलको ५ लाख रुपैयाँसहित एकजना महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा मलंगवा नगरपालिका-३ की ३० वर्षीया रेहाना खातुन छन् ।

विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले मलंगवा नगरपालिका-८ झिलमिलिया माई मन्दिर नजिकबाट ३० वर्षीया खातुनलाई पक्राउ गरेको सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

भारतबाट नेपालतर्फ आउँदै गरेकी खातुनलाई रोकेर चेकजाँच गर्दा उनले बोकेको प्लाष्टिकको झोलाभित्र पाँच लाख नगद   फेला परेको बुढाथोकीले बताए ।

खातुनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय सर्लाहीमा पठाइएको प्रहरीले जनाएको छ ।