• शुभम सिंह राजपुत 

विराटनगर : लागुऔषध र हतियारसहित भारतबाट नेपालतर्फ आउँदै गरेका एक भारतीय नागरिकलाई विराटनगर जुट मिलको दक्षिण गेटबाट सशस्त्र प्रहरीले बुधबार राती पक्राउ गरेको छ । भारतको जोगबनी नगरपञ्चायत ९ इन्द्रनगरका ४१ वर्षीय पप्पुकुमार पटेललाई पक्राउ गरेको हो ।

उहाँको साथबाट कटुवा पेस्तोल, चक्कु, दुई थान मोवाइल, एभिल २९२ र लुपिजेसिक २९५ एम्पुल बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।