• पप्पु अधिकारी

काठमाडौं । निवर्तमान कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहलाई मन्त्रालयबाट विदाई गरेका छन ।

पुर्ब मन्त्री ज्वालाकुमारी साहलाई एक कार्यक्रमको बीच फूलमाला सहित विदाई गरेका छन् ।

कृषि मन्त्रालयका सचिव याेगेन्द्र बहादुर कार्कीले मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी अविरमाला सहित फुलमाला लगाएर विदाई गरेका हुन् ।

 

विदाई कार्यक्रममा पुर्ब मन्त्री ज्वालाकुमारी साहले १३ दिनकाे कार्यकालमा १३ बर्षकाे अनुभव प्रयाप्त गरेको उनले बताउनुभएको छ ।

पुर्ब मन्त्री ज्वालाकुमारी साहले कृषि मन्त्रालयको शाख कृषि मलको सहज उपलब्धतामा जोडिएकाले अभाव हुन नदिन सबै लाग्न अनुरोध गरेकी छन् ।

मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा बोल्दै निवर्तमान कृषिमन्त्री साअले मल बहुसरोकारको विषय भएकाले आपुर्तिमा निरन्तर अनुगमन गर्न आग्रह गरिन् ।

साहले अगाडि भनिन् मेराे लागि मन्त्रलायकाे सचिव डा. याेगेन्द्र बहादुर कार्की र डा. बिमल कुमार निर्मल लगायतका परिवारकाे सदस्य जस्ताे भएर सहयाेग गर्नुभयो । मैले मन्त्रि परिषदबाट पास गरेकाे १ बीउ बिजन उत्पादन अयातमा ब्यवस्थपान निर्देशिका पास गरे २ प्राङ्गरिक मल तथा जिवानु मल पास गरे ३ दूध बिकाश नीति पास गरेको उनले यस्तो जानकारी दिनुभएको छ ।

मन्त्रि परिषदबाट पास गरेकाे म धेरै खुशी छु बिदाइ कार्यक्रममा याे कुराहरू राख्न पाए । साहले भनिन् म गएपनि साेयल हेल्थ कार्ड र किसानहरूकाे सुचिकृत गर्न अनिवार्य भएकाे हुनाले याे काम कर्मचारीहरुलाई काधमा जिम्मा दिएकाे छन ।


सरकारले किसानलाई दिने अनुदान पनि बढाएको उल्लेख गर्दै उनले अनुदानको रकम किसानले नपाउने अवस्था हुनु नहुने बताइन् । उनले भनिन्, ‘कृषि मन्त्रालय भनेपछि मल छ कि छैन, यो सरोकारको विषय रैछ । अब यो सरकारले जे उद्देश्यले त्यत्रो किसानहरुलाई राहत होस् भनेर अनुदानको प्रवन्ध ग¥या छ, त्यो किसानहरुले उपभोग गर्न नपाउने खालको परिस्थिति सिर्जना भयो भने दुखद कुरा हुन्छ । हामीले मेहनत बेस्सरी ग¥या छौँ । निगरानी गरिरहनुपर्ने छ ।

कहिनिर थोरै कमजोरी हुनवित्तिकै यता समस्या खडा हुन्छ । मैले निर्देशनको रुपमा होइन, एउटा जिम्मेवार नागरिकको हैसियतले भन्छु, मलको अभाव नहोस् । हामीले जे प्रोसेस अगाडी बढायौँ त्यसलाई तपाईहरुले बिन्दुमा पु¥याउनुभयो भने गुनासो नआउला । तपाईहरु यसमा सचेत भएरै अगाडी बढ्नुहोला ।’

निवर्तमान कृषि मन्त्री साहले गत महिना जेठमा मन्त्री नियुक्त भएकी थिइन्

मन्त्रालयका सचिव विदाइ गर्ने कार्यक्रममा सबै कर्मचारीलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको बुझिएको छ ।