मधेशटप समाचारदाता,

सर्लाही  । सर्लाहीमा विषालु सर्पले डस्दा एक बालकको ज्यान गएको छ ।

विषालु सर्पले डस्दा हरिवन नगरपालिका १ भोक्टेनी बस्ने रीता ठाकुरको पाँच वर्षीय छोरा शिवम् ठाकुरको मृत्यु भएको हो ।

करेत सर्पको डसाईबाट मृत्यु भएको हो । बुधबार राति आमासँगै सुतेका बालकलाई राती १ बजेतिर ओछ्यानमै बहिरी करेत सर्पले डसेको थियो ।

बालकलाई उपचारको लागि लालबन्दी नगरपालिका–१, स्थित नवलपुर सर्पदंश उपचार केन्द्र लगेको थियो ।

अवस्था झनै जटिल भएपछि थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लग्ने क्रममा बाटोमै बालकको मृत्यु भएको परिवारजनले जनाएको छ ।