• मनिस कुमार ठाकुर

जनकपुरधाम : जनकपुरको युवा पत्रकार सौगात अधिकारी ले बने रेडियो मधेशको स्टेसन म्यानेजर । जनकपुरधाम, २९ असार । रेडियो मधेशको स्टेशन म्यानेजरमा सौगात अधिकारी नियुक्त भएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका ७ जिरोमाइ स्थित रहेका सामुदायिक रेडियो मधेश १०६.६ मेगाहर्जले रेडियोको स्टेसन म्यानेजरमा अधिकारीलाई नियुक्त गरिएको हो ।

विगत १० वर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा काम गर्दै आइरहेका अधिकारी २०६८ सालमा जानकी एफएमबाट आफ्नो पत्रकारिताको यात्रा शुरु गरेका थिए । उनी जनकपुरधामका करिब एक दर्जन भन्दा बढी संचार गृहमा काम गरिसकेका छन् ।

विगत १० वर्षदेखि निरन्तर पत्रकारिताको क्षेत्रमा काम गर्दै आइरहेका अधिकारी २०६८ सालमा जानकी एफएमबाट आफ्नो पत्रकारिताको यात्रा शुरुवात गरेका थिए ।

उनी जनकपुरधामका करिब एक दर्जन भन्दा बढी संचार गृहमा काम गरिसकेको अधिकारीले बताउनुभयो ।

उनले बिभिन्न रेडियो, टेलिभीजन र पत्रपत्रिकामा १० वर्षदेखि काम गर्दै आएका हुन् ।

उनको आधि पढाई काठमाडौँ को बुढानिलकण्ठ स्कुल मा भयो भने जनकपुर को सरसवती मा. बि. मा एस एल सी पुरा गरे।

जनकपुर को सेन्ट्रल इञ्जिनियरिङ्ग बाट सिभिल इञ्जिनियरिङ्ग गर्दै छन् ! साथै रामस्वरूप रामसागर बहुमुखी क्यम्पस बाट बिबिएस किलियर गरेको उनले बताए । हाल उनी रेडियो मधेशको म्यानेजर बनेका छन् ।