मधेशटप डेस्क,

 जनकपुरधाम : प्रदेश न.२ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रि शैलेन्द्र प्रसाद साह ज्यूले आज  ५० थान च्याप कटर आज कृषकहरुलाई हस्तान्तरण गर्नु भयो ।

शहिद नगरपालिका, गोठकोयलपुर धनुषामा भैंसी व्यबसाय प्रबर्धन कार्यक्रममा ५० जना किसानलाई मोटर सहितको च्यापकटर मेसिन बितरण ।
भैंसी ब्लक  कार्यक्रम संचालन अन्तर्गत भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाद्वारा  भैंसि ब्लक संचालन समिति शाहिदनगर नगरपालिका र भेटेनरी अस्पताल धनुषा बीच २०७७/०१/२२ गते  समझौतामा हस्ताक्षर भएको थियो ।

आर्थिक वर्ष २०७८/७९ को बजेटमा कृषि तथा पशुपन्छी तर्फ भेटनेरी अस्पताल तथा पशु सेवा बिग्य केन्द्र धनुषाको मातहतमा रहेको भैसी ब्लक कार्यक्रम शहिदनगर नगरपालिका को लागि छनोट भए पनि सो कार्यक्रम आज सफल भयो।