कैलाली :  कैलालीमा भैँसी बाँध्ने गोठमा एक जना पुरुष मृत फेला परेका छन्।

घोडाघोडी नगरपालिका वडा नम्बर ४ सिमथरिका ४३ वर्षीय धनबहादुर रतोकी मृत अवस्थामा फेला परेका हुन्।

उनी बुधबार राति भैँसी बाँध्ने गोठमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।

शव बुधबार राति फेला परेको भएपनि घटनाबारे प्रहरीलाई शुक्रबार मात्रै खबर भएको हो। मृतकको शव पोष्टमार्टमका लागि धनगढी ल्याइएको छ। घटना बारे थप कुरा पोष्टमार्टमपछि खुल्ने बिष्टले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।