मधेशटप डेस्क,

जनकपुरधाम  : जनकपुरबाट ठूलो परिणाममा लागु औषध सहित एक युवक पक्राउ परेका छन् ।

भारतीय बजारबाट नेपाल भित्रियाउन लागेको अवस्थामा धनुषा प्रहरीको टोलीले जनकपुरबाट लागु औषध सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं.१० निवासी वर्ष २५ का सन्तोष यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको सादा पोशाकको प्रहरी टोलीले यादव सवार ज.३ प २७७८ नम्बरको मोटरसाईकल सहिट १५ सय पिस नाईटेभेट, भांग वाला चकलेट २४ प्याकेट (चारमिनार)
चक्कु एक थान र राजनिवास ३ प्याकेट बरामद गरेको छ ।

यादवलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।