मधेशटप समाचारदाता 

जनकपुरधाम । जनकपुर रेल सञ्चालनको पूर्वतयारीको लागि रेल्वे ट्रयाक स्पिड टेस्ट र सर्टिफिकेसन गर्ने भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ एक मात्र डब्बा र इन्जिनसहितको रेल जनकपुर आइपुगेको छ।

जनकपुरको कुर्था स्टेसनमा भारतीय रेल जनकपुर आइपुगेको हो। यहाँबाट प्रतिघण्टा १२० किलोमिटरको गतिमा सो रेल्वे ट्रयाकको परीक्षण गर्नेछ।

जनकपुरबाट भारतको जयनगर प्रतिघण्टा १२० को गतिमा लिक परीक्षण गर्दै रेल फर्किने रेल्वे विभागका साइड इन्जिनियर विनोद ओझाले बताए। कुर्थादेखि जयनगरसम्म ३५ किलोमिटर रेल्वे लिक निर्माण भएको छ।रेल्वे लिक परीक्षणको लागि नेपाल रेल्वे कम्पानीका महाप्रबन्धक गुरु भट्टराईसहितका कर्मचारी जनकपुर आएका छन्।