सिरहा :  आज सिरहा जिल्लाको डिभिजन वन कार्यालय अगाडि भ्रष्ट डेफोलाइ कार्वाही गर , मारुती सिमेन्टको जग्गा खाली गर को नाराले चुरे तथा वन जङ्गल सर्क्षन अभियान्ता ग्रुपले बिरोध प्रदर्शन गरेका छन् ।शान्ति पुर्ण बिरोध प्रदर्सन गरेको हो। प्रदर्शनकारिहरुको प्रदर्शन गर्दै क्रममा वन अधिकृत सुभाष चन्द्र दासको इसारामा वन पाले र प्रहरीले निर्घात कुटपिट गरेको हो। निर्घात कुटपिट गरि दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पार्नेमा गोल बजार नगरपालिका -९ को सुरेश कुमार महतो, र सोही नगरपालिका -९ को गुडडु महतो रहेको छ ।त्यस माथी सार्वजनिक मुद्दा को प्रतिक्रिया अगाडि बर्दै क्रममा अभियन्ता ग्रुपले गोलबजार नगरपालिका को गोबिन्दपुर जाने बाटो र मारुती सिमेन्टको नजिकमा प्रदर्शन कारिहरुले बीच बाटो मै टायर बालेर चाका जाम गरेका छन् ।

चुरे अभियानिलाइ रिहा गर भ्रष्ट डेफोलाई कार्वाही गरको नाराले आज १ घन्टा टायरमा आगो लगायर बिरोध प्रदर्सन गरेको हो।अभियानिलाइ ना रिहा गरे सम्म हामीले चुम लागेर बस्दैन लक्ष्मण यादवले भनेको हो।

प्रदेश २ उधोग, पर्यटन , वन तथा वातावरण मन्त्रालयबाट वन डिभिजन कार्यालय लहान ( सिरहा ) शाखाको फलफूल बिरुवा खरिद बिक्री सम्बन्धि व्यापक रुपमा अनिमिता भएको छ ।

प्रत्येक जिल्ला तथा वन कार्यालयका प्रमुख सहित नर्सरीका संचालकहरु मिलिजुली रुपमा नेपाली जनताको हित विपरीत नेपालको मापदण्ड विपरीत योजनाहरुको वन डिभिजन कार्यालय सिरहाको कार्यालय प्रमुख सुभाष चन्द्र दासले येलाबेला गरेको चुरे वन जङ्गल तथा संरक्षण अभियान्ता ग्रुपले आरोप गरेको हो।

चुरे वन जङ्गल तथा संरक्षण अभियान्ताले फिल्डमा गएर सत्य तथ्य पता लगाइ बिरुवा वितरण कार्यक्रमको विडियो मार्फत जनतामा सार्वजनिक गरेको हो।

प्रदेश -२ को पुर्वी सिरहा जिल्लाको वन डिभिजन कार्यालयका सुभाष चन्द्र दासले फलफूलको बिरुवा बिक्री वितरणमा व्यापक रूपमा भ्रष्टाचार गरेको चुरे वन जङ्गल तथा संरक्षण अभियान्ता ग्रुपले आरोप लगाएको हो।सिरहा वन डिभिजन कार्यालयको प्रमुख अधिकृत सुभाष चन्द्र दासले आँप र लिचको बिरुवा खरिद बिक्रीमा आफ्नो लालचको कारणल्रे तीस हजार बिरुवा मध्ये १५ सय आँप र लिचिको मरेको बिरुवा दासले वितरण गरेको हो।

वन डिभिजन कार्यालयको प्रमुख अधिकृत सुभाष चन्द्र दासले कमिसनको लोभमा सोही जिल्लाको जिरो माइल स्थित रहेको विमल नर्सरीको संचालक सुरेन्द्र महतो स्ंग सम्झौता गरेको छ ।

प्रदेश २ को चुरे वन जङ्गल तथा संरक्षण अभियान्ता ग्रुपको अनुगमन टोलिले सिरहा वन डिभिजन कार्यालय गए पछी त्यहाको निमित्त कार्यालय प्रमुख गंगा यादवले मरेको आँप र लिचीको बिरुवा बाडिरहेको थियो ।त्यो वितरण गरेको बिरुवा ८० प्रतिशत लाग्दैन चुरे वन जङ्गल तथा संरक्षण अभियान्ता ग्रुपले दावी गरेको हो।

सुभाष चन्द्र दासले आफ्नो स्वार्थका कारण दुई वर्शेसे बिरुवाको सम्झौता गरेको थियो तर बिमल नर्सरीका संचालक सुरेन्द्र महतोले कमिशन दिन्छु भनेर मेरो पाँच महिने बिरुवा बुझ लिनु भनेर दासले कमिसनको चलखेलमा मरेको आँप र लिची को बिरुवा बुझेका छन् ।भर्खर मदर बाट कटिङग गरेको बिरुवा दासले वितरण गरेका छन् ।

दुई बर्शे बिरुवाको नाममा मदर बाट काटिङ्ग गरेको बिरुवा वन डिभिजन कार्यालय सिरहाको डेफो सुभाष चन्द्र दासले वितरण गरेका छन् ।त्यो काटिङ्ग गरेको आँप र लिचिको बिरुवामा सब भन्दा बढी मरेका बिरुवा रहेको थियो ।आमाको गर्भबाट जन्मेको बच्चा जस्तै मदर बाट काटिङ्ग गरेको बिरुवा हो।जन्म देखी १५ दिन सम्मको बिरुवा दासले वितरण गरेको छ ।

वन डिभिजन कार्यालय सिरहाको कार्यालय प्रमुख सुभाष चन्द्र दासले ३० प्रतिशतको दरले आँप र लिचीको बिरुवामा कमिसन खाएको हो। वन डिभिजन कार्यालय सिरहा जिल्लाको प्राबिधिक दिवेन्द्र पासवानले १० लाखको बासको योजना हावातालमा कार्यालय प्रमुख सुभाष चन्द्र दास र दिवेन्द्र पासवान मालामाल भएको छ ।

साझदारी वन कार्यालयको अध्यक्षको भनाइ अनुसार दिवेन्द्र पासवानले नर्सरीको संचालक संग मिलेर बासको बिरुवामा ५०./. भ्रष्टाचार गरेको हो।पासवानले जुन वासको बिरुवा लगाउनु भएको छ डडेलधुरा जङ्गलमा त्यो बास को बिरुवा २००० मात्र मिक्स लगाउनु भएको छ ।पासवानले ४००० हजार बासको बिरुवामा १००० हजार बिउको र १००० हजार काटिङ्गको बिरुवा बिक्षारोपन मात्र गरेको साझदारी वनको अध्यक्षले बताउनु भएको छ ।

लेखापालले कतिको कमिसन लिएर अधुरो कामको चेक धमाधम बनाइएको हो। लेखापाल संगसोध्दा बिना कामको चेक कसरी बन्यो उनले कुनै जवाफ दिएन।लेखापालले भने जे गर्नु छ बने गर्नु म प्रमाण दिदैन चुरे तथा वन जङ्गल अभियानता संगठनका संयोजक सुनिल कुमार यादवले जानकारी दिए।