मधेशटप डेस्क,

सप्तरी :  सप्तरीको रुपनी गाउँपालिका ४ मा एक व्यक्तिको गोसाई (देबता) घरमा नाग (सर्प) निस्केपछि देबता भन्दै पूजापाठ सुरु भएको छ ।

आज विहान स्थानीय श्याम मडरको घरमा नाग देवता दर्शन दिएको हो । सर्पलाई बाहिर निकालेर घर अगाडी रहेको शिव मन्दिरमा राखिएको छ । अहिले त्यहाँ ठूलो भीड लागेको स्थानीयले जनाएको  हो  ।

सर्पको उद्धार गर्ने प्रयास भइरहेको छ । गर्मीमा सर्प बाहिर निस्किने गर्छ । तर आज पहिलो सोमबारी भएकाले भगवान शिवको रुपमा नाग दर्शन दिएको स्थानीयले  बताए  ।