वीरगञ्ज । अवैध हतियारसहित पर्साबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सखुवा प्रसौनी गाउँपालिका–५ महुवनका ६० वर्षीय रामबाबु प्रसाद कलवारलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको घरमा खानतलासी गर्ने क्रममा सुत्ने कोठाभित्र लुकाएर राखिएको एक थान एयर गन फेला परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

कलवारले घरभित्र अवैध रुपमा हतियार लुकाएर राखेको भन्ने सूचनाको आधारमा सोमबार बिहान प्रहरी टोलीले उनको घर खानतलासी गरेको थियो । उनलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको प्रहरीले जनाएको छ ।