मधेशटप डेस्क,

जनकपुरधाम :  बलवा नगरपालिका वडा न. १० मा पर्ने धमौरा गाउँमा ज्याला मजदुरी गरि खाने परिवारलाई आज खाद्यान्न बितरण  गरियो ।

समाजसेवी उज्वल झाको बिशेष पहलमा पहलमा आज बलवा नगरपालिका वडा नं. १० धमौरामा राज किशोर साह फाउन्डेसनको चेयरमेन बसन्त राज साह द्वारा अति बिपन्न २५ घर परिवार लाई राहत सामाग्री उपलब्ध गराएको हो  ।

ज्याला मजदुरी गर्ने करिब २५ घर परिवारलाई  बितरण गरेको पहिलो चरणको खाद्यान्न सहयोग गर्न पाएपछी अलिकति सहयोग गरेको साहले बताए । सहयोगमा १० किलो आटा रहेको थियो ।