सर्लाही : सर्लाहीमा करेन्ट लागेर एक जना पूजारीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बसवरिया गाउँपालिका ६ सोहडवास्थित रामजानकी मठका पुजारी ६० वर्षीय किशोरी दास बैरागी रहेका छन् ।

बिष्णु गाउँपालिका ८ बत्रौल निवासी पूजारी बैरागीको भजन किर्तनको लागि मन्दिरको बरण्डामा माइकको तार जोड्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

उनी त्यस मठमा विगत ४५ वर्षदेखि पूजारीको रुपमा काम गर्दै आएका थिए ।

बैरागीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाईएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।