पवन प्रसाद साह

बारा : इलाका प्रहरी कार्यालय प्रसौनी बारा ध्दारा अबैध घरेलु मदिरा तथा भटी नष्ट गर्ने अभियान निरन्तर जारी राखेको छ।

ईलाका प्रहरी कार्यालय प्रसौनी बारा प्र•नि विन्देश्वर यादव को निर्देशन मा फेटा गा.पा.वडा न. १ स्थित त्रिवेणी खोला र सामुदायिक वानको छेउछाउमा, लुकाई छिपाई अवैध घरेलु मदिरा उत्पादन भइरहेको भन्ने प्राप्त सूचनाको अधारमा आज मिति २०७८/०४/०५ गते दिउसो अं. १०;३० बजेको समयमा यस कार्यालयबाट प्रहरी सहितको टोली खटी अवैध घरेलु मदिरा उत्पादन गर्ने १ ओटा अवैध भट्टीबाट कच्चा पदार्थ अ.१२००।- लिटर तथा मदिरा उत्पादनमा प्रयोग भएका सामानहरू समेत नष्ट गरिएको  हो ।