• पवन प्रसाद साह

वीरगञ्ज : ईद मिलन तथा कोभिड वरियर फ्रन्ट लाईन लाई गण्डक होस्पिटल वीरगञ्ज ले एक कार्यक्रमका बीच समममा गरेको छ।
विश्व भरि फैलिएका महामारी को रुपमा कोभिड १९ कोरोना भाईरस बिरामीहरुलाई अस्पतालका मेडिकल नन मेडिकल कर्मचारी हरुले अस्पताल लाई सहयोग गरेको को मा अस्पताल प्रसासन ले सम्मान गरेको को छ ।

सो कार्यक्रम अस्पताल प्रसासन प्रमुख मुज्तावा अंसारी को सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ फिजिसियन डाक्टर राकेश तिवारी रहनुभएका थिए।

होस्पिटलमा कार्यरत कर्मचारीहरुको सहयोग ले जिल्लामा एउटा छुट्टै पहिचान बनाउन सफल भएको होस्पिटल मा कार्यरत शाैकत अलि, शद्दाम हुसेन ले बताए।

यो कार्यक्रम ले होस्पिटल मा कार्यरत कर्मचारीहरुको मनोबल बढाएको छ र काम गर्ने वातावरण बनाएको होस्पिटल मा कार्यरत राजु पटेल ले बताए।

सो कार्यक्रममा प्रमुख अतिथि तिवारी कोभिड वरियर तथा फ्रन्ट लाईन मा काम गरेका कर्मचारीहरु लाई सम्मान गर्नु एकदमै सराहनिय काम भएको बताउँदै यो कार्यक्रम ले काम गर्ने उर्जा बढाउने भन्दै प्रशंसा पत्र प्रदान गरेका थिए।

ईद मिलन तथा सम्मान कार्यक्रममा डा. गयानेन्द्र कुमार मनोज,डा.संजय गुप्ता,डा. नेहा नायक,डा. प्रहालाद अधिकारी,डा. स्वेता साह, महमद हसन अंसारी,धिरज गुप्ता, कोपिला साह,इमामोदिन अंसारी,अनवर अंसारी लगायतका सहभागीता रहेको अस्पताल व्यवस्थापक इजराइल अंसारी ले बताए।