काठमाडौं :  केहि समयअघि ‘निर्दोष माया’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका १५ वर्षीय युवा गायक आयुष खतिवडाले नयाँ कोशेली ‘तिमी र म’ लिएर आएका छन्।

रक गायनमा रुचि राख्ने गायक खतिवडाको यस गीतमा एकल स्वर, संगीत र संगीत संयोजन रहेको छ।  कम उमेरमै संगीत संयोजन गर्न सक्ने नि मात्रै एक युवा संगीतकर्मी हुन्।  गीतमा शब्द
गायक खतिवडाका बुवा विकल खतिवडाको रहेको छ।

झापाको बिभिन्न स्थानमा  भएको छायांकन भिडियोमा जिदेन तामाङको  छायांकन र सम्पादन रहेको छ।   भिडियोलाई विकल खतिवडाको निर्देशनमा तयार पारिएको हो। भिडियोलाई दर्शक स्रोता बाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।