काठमाडौँ : चर्चित कलाकार तथा समाजवसेवी सिताराम कट्टेल र्धुमुसले चितवनको नारायणी पुलबाट हामफालेर आत्महत्या गरेको भिडियो सार्वजनिक भएको छ । नेपाली चलिचित ‘म त मर्छु की क्या हो’ मा उनले हामफालेको सिन सार्वजनिक भएको हो ।

‘मेरी बास्सै’बाट चर्चित बनेका सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)को लेखन तथा निर्देशनमा यो चलचित निर्माण भएको हो । चितवनको विभिन्न क्षेत्रहरुमा सुटिङ गरिएको यो चलिचितको ट्रेलर सार्वजनिक भएको छ । त्यही ट्रेलरको अन्त्यमा धुर्मुसले चितवनको नारायणी नदिबाट हाम फालेर आत्महत्या गरेको देखाइएको छ ।

पारिवारी र व्यवसायीक तनावका कारण सहनै नसकि धुमुर्सले आत्महत्या गरेको उक्त भिडियोमा देख्न सकिन्छ । यो चलचितको निर्देशन धुर्मुस सुन्तली आफैले गरेका छन् । श्रीमानले घर व्यवहार चलाउन नसकेको भन्दै पहिला सुन्तलीले आत्महत्या गर्न खोजेकी थिइन् । श्रीमतीलाई सम्झाई बुझाई गरेको धुर्मुसले पछि आफैले हाम फालिदिएको दृष्य ट्रेलरमा देख्न सकिन्छ ।

चलिचित्रमा धुर्मस सुन्तली सहित दिने डिसी, रवि गिरी, बुद्धी तामाङ, विजय बराल, पलपसा डङ्गोल, बलदेव राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्प आचार्य, शुशीला थापाको अभिनय रहेको छ । यो चलचित कोरोना भाइरसको संक्रमण कम भएर चलचित्र हलहरु खुलेपछि रिलिज हुने छ ।

चितवनमा अन्तराष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माण गरिरहेका उनीहरुको टीमले यो चलिचित्र बनाएका छन् । देश विदेशमा रहेका नेपालीहरुको सानो-सानो सहयोगले निर्माण हुन लागेको रङ्गशालालाई केही आर्थिक सहयोग होस् भन्ने हेतुले यो चलचित्र निर्माण गरिएको हो । उक्त भिडियो हेर्न यहाँ क्लिक गर्नहोस् ।मोटिभेट न्यूजबाट

अनुहारको चाउरी हटाउने घरेलु बोटोक्स ट्रिटमेन्ट, कसरी बनाउने ?

साउन १४, चितवन। अनुहारको चाउरी ​हटाउन प्रयोग गरिने निकै चर्चित विधि हो बोटोक्स । बोटोक्स अनुहारमा चाउरी परेको ठाउँमा इन्जेक्सन मार्फत दिइन्छ ।

सामान्यतया महिलाहरु आफ्नो बढ्दो उमेरसँगै अनुहारमा देखिने चाउरीपनालाई हटाउन बोटोक्सको प्रयोग गर्ने गर्दछन् तर यो बोटोक्स अर्थात बटुलिनम टक्सिन स्वास्थ्यका हिसावले उचिन मानिँदैन । तर पनि यसका लागि महिलाहरुले ठूलो रकम खर्च गर्ने गरेको पाइन्छ ।

तर, धेरै महिलाहरु बोटोक्स ट्रिटमेन्ट आफ्नै भान्साका सरसामानबाट पनि तयार गर्न सकिनेबारे भने अनभिज्ञ छन् । हाम्रो भान्सामा उपलब्ध सरसामानबाट बोटोक्स ट्रिटमेन्ट प्याक तयार गरी प्रयोग गर्दा इन्जेक्सनले भन्दा राम्रो काम गर्छ भन्दा अचम्म लाग्न सक्छ । यो विधि निकै सरल छ र यसले अनुहारको चाउरी हटाई छालालाई चम्किलो र कसिलो बनाउन मद्दत गर्छ । हामी तपाईहरुलाई हाम्रो भान्सामा पाइने आलसबाट कसरी बोटोक्स प्याक तयार गर्ने र कसरी यसको प्रयोग गर्नेबारे यहाँ जानकारी दिँदैछौं ।

आलसलाई एउटा भाडामा एक दिन अगाडि नै भिजाएर राख्ने । भोलिपल्टसम्म यो जेलमा परिणत हुन्छ । आलसको जेलमा चामलको पिठो बराबरी मात्रामा मिलाउने । यसमा ८/१० थोपा ओलिभ तेल अर्थात नरिवलको तेल वा बदामको तेल आफूसँग जे उपलब्ध छ त्यो मिसाउने । यसमा एक चिया चम्चा मह र आधा चम्चा गुलाव जल मिलाएर प्याक बनाउने ।

राति सत्नु अगाडि तयार आलसको प्याकलाई हल्का मालिस गर्दै अनुहारमा लगाउने र आधा घण्टापछि चिसो पानीले पखाल्ने । यो प्याकलाई दिनहुँ पाँच दिनसम्म लगाउने । दुई महिनासम्म यसको असर देखिने छ । दुई महिनापछि पुन यहि विधिलाई दोहोर्याउन सकिन्छ ।
तयार प्याकलाई एउटा बट्टामा राखेर फ्रिजमा राख्ने हो भने यो पाँच दिनसम्म प्रयोग गर्न सकिन्छ ।

२५ वर्षको उमेरपछि यो विधिको प्रयोग गर्न सकिन्छ । यसले अनुहारमा चाउरी हुनबाट जोगाउनुका साथै अनुहारलाई कोमल बनाई चमक ल्याउनमा मद्दत गर्दछ ।