जनकपुरधाम । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । बुधबार तोलामा ३ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले नै बढेको हो ।

बुधबार प्रतितोला ९२ हजार १ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले बढेर तोलाको ९२ हजार ४ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।