जनकपुरधाम : जनकपुरधाम स्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा एक थुनुवाले आत्महत्या गरेका छन् ।

कुटपिट अंगभंग मुद्दामा पक्राउ परेका लक्ष्मीनियाँ गाउँपालिका घर भएका थुनुवा पल्टु रबिदासले हिरासत कक्षमै आज विहान आत्महत्या गरेका हुन् । गञ्जीलाई पासो बनाएर भेन्टिलेशनको रडमा बाँधी झुण्डिएको प्रहरीले जनाएको छ ।

आत्महत्या गरेको घटना विषयमा अनुसन्धान सुरु गरेको प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।